राजेन्द्र लिङ्देनको गृहपालिकामा काँग्रेस–एमाले गठबन्धनको अग्रता

वि.सं.२०७९ जेठ १ आइतवार १६:३१
shares

काठमाडौं, १ जेठ । झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अन्जरा आलम पछाडि परेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको गृहपालिका कचनकवलमा काँग्रेसका कलेन्द्रप्रसादसिंह राजवंशीले अग्रता लिएका हुन् ।
काँग्रेस–एमालेको गठबन्धनका साझा उम्मेदवार राजवंशीले १२२७ मतका साथ अग्रस्थानमा छन् । उनलाई राप्रपाका उम्मेदवार अन्जरा आलमले ७५५ मतसहित पछ्याइरहेको अवस्था छ । गत निर्वाचनमा राप्रपाले जितेको कचनकवलमा काँग्रेस–एमाले गठबन्धनले ४८३ मतले अग्रता लिएको छ । माओवादी केन्द्रका उम्मेदवार बुद्धि प्रसाद नेपालले ८१ मत पाएका छन् भने जसपाका उम्मेदवार ज्ञान वहादुर राईले ३ मत पाएका छन् ।
यस्तै लोसपाका कर्णलाल राजवंशी र एकीकृत समाजवादीका खेपचरण यादवले ३–३ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका नवराज भट्टराईले १०२१ का साथ अग्रता लिएका छन् । राप्रपाका उम्मेदवार निमसरा राजवंशीले ७७८ मतका साथ पछ्याइरहेकी छिन् । राप्रपाकी उम्मेदवार काँग्रेस–एमालेका उम्मेदवारभन्दा २४२ मतले पछाडि परेकीे छिन ।