माओवादी ८ पालिकामा विजयी (सूचीसहित)

1.18K
shares

काठमाडौं, १ जेठ । स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आइतबार अपराह्नसम्म ८ वटा पालिकामा विजयी भएको छ । अहिले सम्मको परिणाम अनुसार देशभर तेस्रो रहेको माओवादीले ८ पालिकामा जित हासिल गरेको छ ।

माओवादीले कांग्रेससँग गठबन्धन गरी केही पालिकामा जित हासिल गरेको छ । माओवादीले खोटाङ र दार्चुलामा गठबन्धन गरी जित निकालेको छ । त्यस्तै एकिकृत समाजवादीसँग गठबन्धन गरेर दैलेखमा पनि पालिका प्रमुख जित्न माओवादी सफल भएको छ ।

कहाँ–कहाँ जित्यो माओवादीले सूची सहित
१.जगदुल्ला

स्थानीय तहमा नेकपा माओवादी केन्द्रले पहिलो जीत निकालेको स्थानिय तह हो डोल्पाको जगदुल्ला गाउँपालिका । उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको हो । आयोगका अनुसार पालिकाको अध्यक्षमा नारासिंह रोकाया ७ सय ७० मत ल्याएर विजयी भएका छन् । त्यहाँ नेकपा एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याउँदै पराजित भएका छन्।

यस्तै उपाध्यक्षमा पनि अमरिता बोहरा ७५९ मत ल्याएर विजयी भइन । पराजित एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याइन् ।

जगदुल्लामा काङ्ग्रेस–एमाले–समाजवादी गठबन्धनविरुद्ध माओवादी केन्द्र एक्लै लडेको थियो । यसैगरी उक्त पालिकामा माओवादी केन्द्रले ४, ५ र ६ गरी ३ वडा अध्यक्ष पनि जितेको छ ।

२.नौमुले
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जित निकालेको छ । एकीकृत समाजवादीसँग तालमेल गरेर उठेका माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा जित निकालेका हुन्। त्यहाँका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले जानकारी दिए ।

सुवेदीले ३ हजार २ सय मतसहित गाउँपालिका अध्यक्ष पद पक्का गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत ल्याए । त्यहाँ एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत ल्याएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही २८ सय ३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ भोट ल्याइन्। उपाध्यक्षमा एमालेकी गीता चन्दको पक्षमा १९ सय १८ मत मात्रै पर्यो।

३.अपिहिमाल
दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन् ।

४.बाग्लुङको ताराखोला
बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी भएको छ। तारा खोलामा माओवादीका धन बहादुर वि.क विजयी भएका हुन् । धनबहादुर विकाले २ हजार २८५ मत ल्याउँदा प्रतिस्पर्धी मगरले २ हाजर ९० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका भीम बहादुर रोक विजयी भएका छन्। अध्यक्षको प्रतिस्पर्धामा स्वतन्त्रबाट प्रकाश घर्ती मगर रहेका छन्।

५. लिम्चुङबुङ
उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीले जीत निकालेको छ । माओवादीका मेजरकुमार राई पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । पालिका उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन्।

६. जन्ते ढुंगा
खोटाङको जन्ते ढुंगा गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीकी अरुणादेवी राईले निवर्तमान अध्यक्ष समेत रहेका एमालेका शंखरबहादुर राईलाई पराजित गरेकी हुन्।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भएका छन्। एमालेकी बिमला राईलाई पराजित गर्दै खड्का निर्वाचित भएका छन्।

७. रोल्पाको थवाङ
रोल्पाको थवाङमा नेकपा माओवाद केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराएर जीत निकालेका हुन्। सो पालिकामा १,२,३ र ५ वडा पनि माओवादी केन्द्रले जितेको छ । ४ नम्बर वडा भने एमालेले जितेको छ।

८. दार्चुलाको नौगाड
दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। गठबन्धनको तर्फबाट धामीले ३ हजार ५८९ मत ल्याएका हुन् । उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्नाले ३ हजार ७६७ मत ल्यायी विजयी भएका छन् । एमालेका प्रेमसिंह धामीले ३ हजार १९१ मत ल्याउँदा उपाध्यक्षमा गौरीदेवी ठगुन्नाले २ हजार ८६७ मत ल्याएकी छन्। २०७४ मा एमालेका प्रमुख र उपप्रमुख दुवै जित हासिल गरेको थियो ।

Kumari Banner