महाकाली नगरपालिकामा एमाले विजयी

वि.सं.२०७९ जेठ १ आइतवार १७:३१
shares

काठमाडौं, १ जेठ । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर निर्वाचित भएका छन् । उनले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।
भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । तर अहिले नतिजा ठिक उल्टो भएको छ । यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् ।
उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए । योसँगै एमालेले देशभरबाट हालसम्म १५ वटा पालिकामा जित हासिल गरेको छ ।