Nepal Life Banner (End Date 5 Magh 2081)

यि हुन एमालेले जितेका १५ पालिका (सूचीसहित)

3.73K
shares

काठमाडौं, १ जेठ । देशभर ३९ पालिकामा मत परिणाम आएको छ । २ नगरपालिकासहित ३९ पालिकाको परिणाममा सार्वजनिक हुदा एमाले पहिलो स्थानमा रहेको छ ।

२ वटा नगरपालिकाको परिणाममध्ये एउटामा एमाले र एकमा कांग्रेस विजयी भएको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ भने तेस्रोमा माओवादी केन्द्र रहेको छ।

१.शे–फोक्सुन्डो
डोल्पाको शे–फोक्सुन्डो गाँउपालिका अध्यक्षमा नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन्।

२.चामे
मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। उनले ३२० मत प्राप्त गरेका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ मत पाएका छन्। उपाध्यक्षमा भने ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भइन्।

३. लो–घेकर दामोदरकुण्ड
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्।

४.मनाङको ङिस्याङ
एमालेले मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेबाट पालिका अध्यक्ष उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्।

कांग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत पाए। उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याई विजयी भए।

५.मुस्ताङ वारागुङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्ष रिङजिन नामगेल गुरुङ ८६७ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ७४९ मत ल्याई विजयी भएकी छन्। कांग्रेसकी धेच आङमो गुरुङले ६७७ मत ल्याएकी छन्।

६. लोमान्थाङ गाउँपालिका
एमालेले मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पनि जित हासिल गरेको छ। एमालेका टसी न्हुर्वु गुरुङले ६६८ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै छयुमी विष्ट गुरुङ विजयी भएकी छन्।

७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका मिङमा छिरी शेर्पाले २ हजार २८ मत ल्याई विजयी भएका हुन्।
एमालेका प्रतिस्पर्धी चुङब शेर्पाले १ हजार ६०९ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी टासी ल्हमु शेर्पाले २ हजार २३ मत ल्याई विजयी भएको छ।

८.नवलपुरको बौदीकाली
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका प्रकाश ओझा विजयी भएका छन्। ओझाले ३ हजार ९७६ मत प्राप्तगर्दा कांग्रेसका खडकबहादुर रानाले ३ हजार ५४९ मत प्राप्त गरेका हुन्।
उपाध्यक्षमा एमालेकी डिल कुमारी केसीले ३ हजार ९६२ मत प्राप्तगरी विजयी भएकी छन्।

९. बाजुराको साइपल
बाजुराको साइपल गाउँपालिकामा एमालेका मानविर बोहरा विजयी भएका छन्।
मानवीरले ६७५ मत ल्याउँदा कांग्रेसका उजले बोहराले ६१३ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकै डोल्मा तमाङ ६७५ विजयी भएकी छन्।

१०. थलारा गाउँपालिका
बझाङको थलारागाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए।

११. मुस्ताङको थासाङ
मुस्ताङको थासाङ गाउँपालिकामा एमालेका प्रदीप गौचनले १ हजार १४४ मत ल्याई विजयी भएका छन्।

१२. म्याग्दीको मालिका
म्याग्दीको मालिका गाउँपालिकामा बेगप्रसाद गर्बुजा विजयी भएका छन्। अध्यक्षमा ३ हजार ९१ मत ल्याई विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भएकी छन्।

१३. तेह्रथुमको मेन्छयामेम
तेह्रथुमको मेन्छयामेम गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका यादव बहादुर खापुङले २ हजार ५५ मत ल्याएको छ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी तीतादेवी तिम्सिना १ हजार ९८६ मत ल्याई विजयी भएकी छन्।

१४. स्याङजाको हरिनास
स्याङजाको हरिनास गाउँपालिकामा एमालेका निवर्तमान अध्यक्ष खिमनारायण मानन्धर ४ हजार ७६९ मत ल्याई विजयी भएका छन्।

उपप्रमुखमा एमालेकै इन्द्रकुमारी थापा राना ४ हजार ७४० मत ल्याई विजयी भएकी छन्।

१५. दार्चुलाको माहाकाली
दार्चुलाको माहाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका नर सिंह चैंसिर ५ हजार ३ मत ल्याएका हुन्। उपप्रमुखमा एमालेकै दुर्गा कुमारी खत्री ४ हजार ६३६ मत ल्याएकी छन्।