GBIME

यि हुन कांग्रेसले जितेका ११ पालिकाहरु (सूचीसहित)

1.15K
shares

काठमाडौं, १ जेठ । स्थानीय तहको मत परिणाम अनुसार नेपाली कांग्रेसले ११ वटा पालिकामा जित हासिल गरेको छ । घोषणा भएको परिणाम अनुसार कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

नेपाली कांग्रेस जितेका पालिकाहरु

१.मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।

२.मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन ७ सय ६० मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भइन्।

३. मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका छन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरी विजयी भए।

४.गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापाले ६ हजार १६६ मत प्राप्त गरी विजयी भए।

५.रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए। यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्।

६.गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्

७. खार्पुनाथ गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको हो।

अध्यक्षमा कांग्रेसका कर्ण बहादुर रावल र उपाध्यक्षमा माओवादीका ज्ञान बहादुर सिंह विजयी भए।

८. डोटीको बडीकेदार
डोटीको बडी केदार गाउँपालिकामा नेपाली कांग्रेसका कांग्रेसका भैरवबहादुर साउद २ हजार ३४३ मत ल्याई विजयी भएका छन्।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी डम्मरी कुमारी विष्ट २ हजार ४०७ मत ल्याएकी छन्।

९. बाग्लुङको तमानखोला
बाग्लुङको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका जोकलाल बुढा २ हजार ७०७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै हिरा कुमारी छन्त्याल विजयी भएकी छन्।

१०. बाजुराको स्वामीकार्तिक
बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेसका भरत बहादुर रोकायले २ हजार ११ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरेकी छन्।

११.सोलुखुम्बूको लिखुपिके
लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छन्। उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पा विजयी भएकी छन्।