यि हुन एकीकृत समाजबादीले जितेका दुई पालिका

वि.सं.२०७९ जेठ १ आइतवार २१:२४
750
shares
shares

काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले दुई पालिकामा जित हासिल गरेको छ । उसले डोल्पाका दुई पालिकामा निर्वाचन हुनु भन्दा पहिले नै निर्विरोध रुपमा दुई पालिकाका प्रमुख जितेको थियो ।
१. काइके
नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका अध्यक्षमा अंगद कुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए। २०७४ मा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए।
२. छर्का ताङसोङ
डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निर्विरोध भएका थिए। २०७४ मा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।