दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

वि.सं.२०७९ जेठ १ आइतवार २१:५१
1.31K
shares
shares

काठमाडौं, १ जेठ । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । त्यहाँ एमालेका उम्मेदवार टोपबहादुर बिसी ४ हजार १२० मतका साथ अध्यक्षमा विजयी भएका हुन् ।
बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३ हजार ७ सय ७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए ।
यस्तै उपाध्यक्षमा पनि एमालेकी शिवाकुमारी खड्का विजयी भएकी छन् । उनले ४ हजार १२५ मत पाइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी दीपा बिसीले ३ हजार ५४७ मत ल्याइन् ।