GBIME

दैलेखको डुंगेश्वरमा एमाले विजयी

1.71K
shares

काठमाडौं, २ जेठ । दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३४०६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार एवं निवर्तमान अध्यक्ष नगेन्द्र बहादुर मल्ल ३३३६ मतमा रोकिए ।

उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भइन् । उनले ३५७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले ३१५२ मत प्राप्त गरिन् । एमालेले वडा नं. ३, ४, ५, र ६ को अध्यक्ष जित्यो ।

Premier Steel Banner