GBIME

स्याङ्जाको कालीगण्डकीमा एमाले निर्वाचित

1.66K
shares

काठमाडौं, २ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा निर्वाचित भएका छन् । उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि परिन् । मायाले पक्षमा ५ हजार ५५ मत पाइन् ।

उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाए ।

Dhulikhel Eco Resort 1200*100