Mangaldeep Aagarbatti
GBIME

भरतपुरमा १५ मतले विजय अगाडि

1.06K
shares

काठमाडौ, २ जेठ । निकै चासोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच कडा टक्कर भइरहेको छ । पछिल्लो परिणाम अनुसार सुवेदीले ३ हजार ३४२ मत पाएका छन् भने दाहालले ३ हजार ३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ ।

गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार २०४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ र राप्रपाकी हिमला गुरुङले २६६५ मत ल्याएकी छन् । यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल छ ।

वडा नम्बर तीनमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका विकास थापाले ६७७ मत ल्याएका छन् भने कांग्रेसका भरत लामिछानेले ४२९ मत ल्याएका छन् ।

National life Banner