GBIME

सल्यानको त्रिवेणीमा कांग्रेस विजयी

996
shares

काठमाडौ, २ जेठ । सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मत पाएर विजेता बन्दा नेकपा एसका डिल्लीबहादुर केसी २०१७ र एमालेका लोकेन्द्र सिंह खड्काले १७९६ मत पाएर पराजित भए ।

उपाध्यक्षमा पनि कांग्रेसले जित निकालेको छ । कांग्रेसकी सिता खड्का पुन ३१८६ मत ल्याएर विजयी बन्दा माओवादीका राजेन्द्र कुमार थापा २०३५ र एमालेका कलावती वलीले १८१९ मत पाएर पराजित भए । यो पालिकाको चार वडामा कांग्रेस तथा एक–एक वडामा एमाले र माओवादी विजय भएका छन् ।

Dhulikhel Eco Resort 1200*100