GBIME

बालेन दोब्बरले अगाडि

1.2K
shares

काठमाडौं, २ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत पाँच हजार नाघेको छ । सोमबार बिहान १४ हजार ३२६ मतपत्रको गणना सम्पन्न हुँदा उनको मत ५५ सय नजिक पुगेको हो ।

सोमबार बिहान ६ बजे प्राप्त मत परिणामअनुसार बालेन्द्रले ५ हजार ४४६ मत पाएका छन ्। उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ९५२ मतका साथ पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतसहित तेस्रो स्थानमा छन् । काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ ।

Dhulikhel Eco Resort 1200*100