धनकुटाका दुई पालिकामा कांग्रेस विजयी

942
shares

काठमाडौं, २ जेठ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो ।

छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन्। उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन् । त्यस्तै सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतका साथ विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी मुना राई विजयी भइन् । उनले जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई पराजित गरेकी हुन् । धनकुटाको चौबिसे गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ ।

Kumari Banner