कमलबजारको प्रमुखमा कांग्रेसका ढकाल विजयी
वि.सं.२०७९ जेठ २ सोमवार ०७:४९
shares
काठमाडौं, २ जेठ । कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४ हजार २ सय २८ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउदले ४ हजार ६५ मत पाए ।
उपप्रमुखमा नेकपा (एमाले)की शारदा विष्ट ४ हजार ५ सय २८ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो ।