Nepal Life Banner (End Date 5 Magh 2081)

ओलीकै वडामा एमाले पराजित

3.61K
shares

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित सूर्य विनायक नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलैसहित विजयी भएका छन् ।
वडा नं. २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी भएका हुन्।

उनले एमालेका विश्व राज विष्टलाई पराजित गरेका हुन्। कार्कीले १ हजार ५११ मत प्राप्त गरे। एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे । त्यस्तै सदस्यहरुमा कांग्रेसकै जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल) रञ्जिता तिखत्री विजयी भएका हुन् ।