Mangaldeep Aagarbatti
GBIME

ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई विजयी

1.52K
shares

काठमाडौं, २ जेठ । ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन् । उनले गठबन्धनलाई पराजित गर्दै जित हात पारेका हुन् । राईले दुई हजार ६ सय ६ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादीका श्रीबहादुर राईले दुई हजार चार सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका राजेश राजभण्डारीले जितेका छन् । उनले तीन हजार एक सय ४६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पुष्पकला भुजेलले दुई हजार पाँच सय ९५ मत ल्याएका छन् । भुजेल अघिल्ले स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी थिइन् ।

National life Banner