चितवनमा पुनः रेणुको अग्रता ३ मतले अगाडि
वि.सं.२०७९ जेठ २ सोमवार ०८:१०
shares
काठमाडौं, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ३ मतले उछिनेकी छन् । १० हजार २०६ मत गन्दासम्म रेनुले ३ हजार ५७८ मत प्राप्त गरेकी छन् भने सुवेदीले ३ हजार ५७५ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३६० मत पाएका छन् ।
उपमेयर तर्फ कांग्रेसका चित्रसेन अधिकारी अघि छन् । अधिकारीले ४ हजार ४३ मत प्राप्त गर्दा राप्रपाका हिमाल गुरुङले २ हजार ८१६ मत ल्याएका छन् । भरतपुर ३ को वडाध्यक्ष एमालेका विकास थापा अघि छन् । उनले १ हजार ७६ मत प्राप्त गर्दा कांग्रेसका भरत लामिछानेले ६९०मत प्राप्त गरेका छन् ।