ललितपुरमा दोब्बर मतसहित चिरीबाबुको अग्रता
वि.सं.२०७९ जेठ २ सोमवार ०८:१४
3.81K
shares
shares
काठमाडौं, २ जेठ । ललितपुर महानगरपालिकामा करिब ५ हजार मत गणना हुँदा मेयरका प्रत्यासी चिरीबाबु महर्जन २ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् । ४ हजार ९ सय २६ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महर्जनले निकटतम् प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मत ल्याएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले एक हजार ८६ मत प्राप्त गरेका छन् ।
महानगरको उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले एक हजार २ सय ५५ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ८ सय ९२ मत ल्याएका छन् । अहिले २, ३ र ४ नम्बर वडाको मतगणना भइरहेको छ ।