GBIME

राजेशमानलाई दोब्बर बढी मतको अग्रता

1.21K
shares

काठमाडौं, २ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले २ हजार २७५ मतले अग्रता कायम गरेका छन् । चारवटा वडाको आठ हजार ७७३ मत गणना गर्दा सिंहले चार हजार २६८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार ९३९ मत ल्याएका छन् ।

सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १३८ मत पाएका छन् । मेयर पदमा छ हजार ४३४ मत सदर हुँदा दुई हजार ३३९ बदर भएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार ८३३ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४७४ मत पाएका छन् । वीरगञ्जमा उपप्रमुखका उम्मेदवारले पाएको मत भन्दा दुई हजार ४६ बढी मत अर्थात चार हजार ८७९ मत बदर भएको छ ।

Dhulikhel Eco Resort 1200*100