GBIME

पोखरामा धनराजले बढाए अग्रता

1.22K
shares

काठमाडौं, २ जेठ । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् । जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेल (गनेस)ले २३२ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।

Dhulikhel Eco Resort 1200*100