GBIME

भारतिय प्रधानमन्त्री मोदी लुम्बिनीमा

1.1K
shares

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान लुम्बिनी आइपुगेका छन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन् ।

धानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन्। उनको यो औपचारिक भ्रमण हो । प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन् । मोदीले केही बेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्।

लुम्बिनी आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको भ्रमणमा जाने गरे पनि लुम्बिनी, मुक्तिनाथ र जनकपुर चाहिँ जाने गर्दैनथे । नेपालका यी सबै धार्मिक स्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

Dhulikhel Eco Resort 1200*100