Nepal Life Banner (End Date 5 Magh 2081)

विजय जुलुसका लागि कार्यकर्ता लिन हिँडेको हायस दुर्घटना, ३ जनाको मृत्यु

3.98K
shares

काठमाडौं, २ जेठ । दार्चुलामा सोमबार सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी छन् । अर्का मृतकको पहिचान खुल्न सकेको छैन । नेकपा एमालेको विजय जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जाने क्रममा सडकबाट ५ सय मिटर तल खसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिए । त्यो हाइसमा तीन जना मात्रै रहेको उनले बताएका छन् ।