मालिकार्जुनको अध्यक्षमा एमालेका धामी निर्वाचित

वि.सं.२०७९ जेठ २ सोमवार १२:४५
4.25K
shares
shares

काठमाडौं, २ जेठ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन् ।