GBIME

भक्तपुरमा नेमकिपाका प्रजापति र जोशी निर्वाचित

1.43K
shares

काठमाडौं, २ जेठ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको हो ।

मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । मेयरमा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत पाएका छन् ।

Dhulikhel Eco Resort 1200*100