GBIME

बेलडाडीमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

1.36K
shares

काठमाडौं, २ जेठ । कञ्चनपुरको बेलडाडी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ विजयी भएका हुन् ।

अध्यक्षमा रानाले ४ हजार १ सय ३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अक्कलबहादुर विष्टले २ हजार ३ सय १ मत प्राप्त गरे । माओवादी केन्द्रका इश्वरीदत्त भट्टले १ हजार १६३ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै शान्ति नाथ ३ हजार ६७३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी फुलदेवी रानाले ३ हजार २७ मत पाइन भने माओवादी केन्द्रकी कल्पना गिरीले ९७१ मत पाइन् ।

१४ हजार ७३७ मतदाता रहेको बेलडाडीमा ९ हजार ८३८ मत खसेको थियो । जसमध्ये २५८ मत बदर गएको सुरेन्द्र बहादुर केसीले बताए ।

 

Premier Steel Banner