GBIME

दैलेखको महाबुमा कांग्रेस विजयी

1.19K
shares

काठमाडौं, २ जेठ । दैलेखको महाबु गाउँपालिकामा बहुमत सदस्यसहित नेपाली कांग्रेस विजयी भएको छ । एकीकृत समाजवादीका उम्मेदवार निवर्तमान अध्यक्ष जंगबहादुर शाहीलाई कांग्रेसका लक्ष्मण गुरुङले पराजित गरेका हुन् ।

गुरुङले २ हजार ९७९ मत र उनका निकटतम प्रतिस्पर्धी मानिएका नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका छन् । एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत ल्याएका छन् । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी मञ्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले ३ हजार १५५ मत प्राप्त गरेकी छन् । एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २ हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुण्यप्रभा दशौदीले २ हजार १३३ मत ल्याएकी छन् । ६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेका छन् ।

Dhulikhel Eco Resort 1200*100