भरतपुरमा अग्रता बढाउँदै विजय

1.09K
shares

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाउँदै लेगेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ७३ मतको अग्रता लिएका हुन् ।

विजयले ४ हजार ६२५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२ मत ल्याएर पछ्याइ रहेकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत ल्याएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत ल्याएकी छिन् ।

Kumari Banner