Nepal Life Banner (End Date 5 Magh 2081)

निस्दीमा एमालेको क्लिनस्वीप

3.84K
shares

काठमाडौं, २ जेठ । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सबै सदस्य पदहरु जित्दै एमालेले क्लिनस्वीप गरेको हो । अध्यक्षमा मुक्तबहादुर सारु ६ हजार ६५२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्याल ३ हजार ४६६ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकै तीरन कुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले ६ हजार ६३८ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै पाएका छन् ।

निस्दी गाउँपालिकाको वडा नम्बर १ मा यमबहादुर राना, वडा नं. २ मा फत्तेसिं दर्लामी, वडा नं. ३ मा नविन्द्र थापा सोती, वडा नं. ४ मा सन्तवीर सुनारी, वडा नं. ५ मा दुर्गाबहादुर सोमै, वडा नं. ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मा मुक्तबहादुर पाटा अध्यक्षमा निर्वाचित भएका छन् ।