फेदीखोलामा एमाले विजयी
वि.सं.२०७९ जेठ २ सोमवार १७:३६
shares
काठमाडौं, २ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा पनि विजयी भएका सुवेदी ३ हजार ८३६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन् । उनले ३ हजार ९७८ मत ल्याउँदा प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाए । यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।