GBIME

मतान्तर घटाउँदै रेणु

1.17K
shares

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकामा १४ हजार ५ सय ३० मतको गणना सकिँदा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० मतको अग्रता लिएका छन् । पछिल्लो क्रममा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अन्तर कम गराएकी छिन् । सुवेदीले ४ हजार ८ सय ८९ मत ल्याउँदा रेनुले ४ हजार ८ सय ६९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २ सय ५१ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ८ सय ३१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ९ सय ६ मत ल्याएकी छिन् । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ३ सय ५४ मत ल्याउँदा एमाले उम्मेदवारले ८ सय ७६ मत ल्याएका छन् ।

 

Dhulikhel Eco Resort 1200*100