GBIME

रेणु ३० मतले अगाडि

1.01K
shares

काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकाका ४ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३० मतको अग्रता कायम गरेकी छिन् । हालसम्म १७ हजार ३४ मत गणना हुँदा दाहालले ५ हजार ७ सय १८ मत प्राप्त गरेकी छिन् ।

उनलाई नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत ल्याएका छन् । अब वडा नम्बर ५ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । भरतपुरमा २९ वटा वडा रहेका छन् । अब २५ वटा वडाको मत गन्न बाँकी छ ।

Dhulikhel Eco Resort 1200*100