GBIME

दैलेखको चामुण्डा विन्द्रासैनमा कांग्रेस विजयी

1.62K
shares

काठमाडौं, ३ जेठ । दैलेखको चामुण्डा विन्द्रासैन नगरपालिकाको मेयर र उपमेयरमा दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका गणेशबहादुर शाहीले ४ हजार ७० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका सूर्यबहादुर शाहीलाई पराजित गरेका हुन् ।

एमालेका सूर्यबहादुरले ३ हजार ९९२ मत पाए । तेस्रो भएको नेपाल मजदुर किसान पार्टीका जगदिश शाहीले १ हजार ४६२ मत पाए । २०७४ सालको चुनावमा त्यहाँ एमालेले जितेको थियो । यो पटक एमालेले आफ्नो विरासत जोगाउन सकेन् ।

उपमेयरमा पनि कांग्रेसकै मनसरा कुमारी शर्मा विजयी भएकी छन् । उनले ४ हजार ३८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी नन्दकुमारी विष्टले ३ हजार ९९६ मत पाइन् । तेस्रो भएकी मजदुर किसान पार्टीकी राजकुमारी शाहीले १ हजार २४२ मत ल्याएकी छन् ।

Premier Steel Banner