GBIME

तुर्माखाँदमा एमाले विजयी

1.16K
shares

काठमाडौं, ३ जेठ । अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी निर्वाचित भएका छन् । उनले ३ हजार ५२३ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ५०१ मत पाएकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाएकी छन् । तेस्रो स्थानमा रहेकी राप्रपाकी धर्माकुमारी बुढाले ३८ मत पाएकी छन् ।

Dhulikhel Eco Resort 1200*100