GBIME

जिरी नगरपालिकामा एमाले विजयी

1.13K
shares

काठमाडौं, २ जेठ । जिरी नगरपालिकामा नेकपा एमालेले जितेको छ । कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै एमालेका मित्र जिरेल मेयरमा निर्वाचित भएका छन् । उनी २९४९ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २६३२ र माओवादीको गेल्बु शेर्पाले २०३३ मत ल्याएर पराजित भएका छन् ।

नगरपालिकाको उपमेयरमा पुनः कृष्णमाया बुढाथोकी निर्वाचित भएकी छन् । उनी नेकपा माओवादीका उम्मेदवार तेजबहादुर गोलेलाई पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् । बुढाथोकीले ३४३४ मत पाएकी छन् भने गोलेले ३१२० मत पाएका छन् । बुढाथोकी यसअघि पनि उपमेयर थिइन् ।

Dhulikhel Eco Resort 1200*100