GBIME

धुनीबेंसीमा एकीकृत समाजवादी विजयी

3.28K
shares

काठमाडौं, ३ जेठ । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका आचार्य ८ हजार ७०६ मत पाउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए । यसैगरी धुनीबेंसीको उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उनले ८ हजार ३८७ मत पाउँदा प्रत्यासी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।

यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । २०७४ सालको निर्वाचनमा धुनीबेंसीको मेयर र उपमेयर दुवै पदमा एमालेले विजयी भएको थियो ।

Premier Steel Banner