Nepal Life Banner (End Date 5 Magh 2081)

तिलोत्तमामा मतगणना स्थगित

3.46K
shares

काठमाडौं, ३ जेठ । रुपन्देहीका तिलोत्तमा नगरपालिकामा मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको मत बढाएको भन्दै अरु दलहरुले पुनः मतगणनाको माग गरेका छन् । वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर तथा नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै पुनः मतगणनाको माग गरेका हुन् ।

विवादपछि मतगणना स्थगित भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रि जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त पत्रकार सम्मेलन गरी पुनः मत गणनाका लागि तिलोत्तमा नगरपालिकाका कर्मचारीलाई हटाएर नेपाल सरकारका निजामति कर्मचारीबाट गणना हुनुपर्ने, दोषी कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।