Dhulikhel Eco Banner new
NCHL Banner 2081

डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी

3.72K
shares

काठमाडौं, ३ जेठ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा देवी घर्ती निर्वाचित भएका छन् ।

रोकायाले २ हजार १०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १ हजार ५९६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी घर्तीले १ हजार ८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १ हजार २९० मत पाएका छन् । कांग्रेसकी सावित्री पहाडीले १ हजार २७७ मत ल्याएकी छिन् । त्रिपुरासुन्दरी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।