Mangaldeep Aagarbatti
GBIME

सभापति देउवा कै कारण पार्टीमा समस्या बढेको गगन थापाको आरोप

1.05K
shares

काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीमा समस्या बढेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा उनले सभापति देउवाले, आफ्नो मर्जीले बैठक बोलाउने गरेको आरोप लगाए । सभापति देउवलो विभाग गठन गर्न पनि चासो नदिएको उनको आरोप छ।

‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं ।’

उनले सभापतिसंग बोल्न डराउने प्रवृति रहेको समेत बताए ।

National life Banner
Dhulikhel Eco Resort 1200*100