Nepal Life Banner (End Date 5 Magh 2081)

गृहमन्त्रीलाई जिवि राई पक्राउ गर्न माग

2.07K
shares

काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् ।

पुराना राजनीतिक दल र तिनका नेताहरूले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको शाहीको आरोप छ । उनका अनुसार गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको र बाँकी अवधिमा फाइल खोल्न पनि चेतावनी दिएका छन् । आज सरकारमा गएको १२४ दिन भयो । सत्ता उहाँको हातमा छ । गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँड्नुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस् न । हामी साथ दिन्छौँ ।

उनले भने, पुरानाहरूले त गरे गरे, नयाँ साथीहरूलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पुराना नेताहरूले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा फूलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’