बेलकाका मुख्य तिन पार्टीको को को छन् उमेदवार? (नामसहित)

11.88K
shares

बेलका । बेलका नगपालिकामा मुख्य तिन पार्टीको नै प्रतिशपर्धा रहने गरेको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेका छन् ।

एमलेले बेलकाको सवै स्थानीय तहमा एक्लै चुनाव लडने भएको छ । कांग्रेस र माओवादीले भने मेयर उपमेयर र १, २ र ८ नम्बर वडामा गठबन्धन गरेर चुनाव लडने भएको छ ।

जसमा १ र २ नम्बर वडामा कांग्रेसको वडा अध्यक्षको उमेदवार छन् । भने वडा नम्बर ८ मा माओवादीको वडा अध्यक्षको उमेदवार रहेका छन् । त्यस बाहेक अन्य वडामा भने तिनै पार्टी एक्ला एक्लै चुनाव लडने भएका छन् ।

२०७४ सालको चुनावमा बेलकामा त्रिपक्षीय भिडन्त भएको थियो । एमालेका दुर्गा कुमार थापा ५ हजार ६ सय १८ मतका साथ विजयी हुँदा कांग्रेसका अशोक कार्कीले ५ हजार २ सय ६६ भोट पाएका थिए ।माओवादी केन्द्रबाट रमण भट्टराईले ४ हजार १ सय ३२ मत ल्याएका थिए ।

यसैगरी, जनता समाजवादीका टीकाराम थामीले १ सय ८९, राप्रपा नेपालका विनोद रायमाझीले ८६ , खम्बुवान् राष्ट्रिय मोर्चाका खीसाबहादुर राईले २९ मत पाएका थिए ।

उपमेयर र छवटा वडा एमालेले जित्यो भने दुइटा वडामा कांग्रेस र एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

एमालेको उमेदवार

मयरमा दुर्गा कुमार थापा (स्वस्ती) दोस्रो पटक
उपमेयरमा जिरा राई

१ नम्बर वडा अध्यक्षमा नरहरी फुयल

२ नम्बर वडा अध्यक्षमामा प्रेम दाहाल

३ नम्बर वडा अध्यक्षमामा राम बहादुर श्रेष्ठ

४ नम्बर वडा अध्यक्षमामा कोपिला प्रसाद अधिकारी

५ नम्बर वडा अध्यक्षमामा दिपकराज रेग्मी

६ नम्बर वडा अध्यक्षमामा बसन्त कुमार मगर

७ नम्बर वडा अध्यक्षमामा सुरेन्द्र राई

८ नम्बर वडा अध्यक्षमामा विनन्त राई

९ नम्बर वडा अध्यक्षमामा रन्जित राई

कांग्रेसको उमेदवार

मेयरमा अशोक कार्की
उपमेयरमा माओवादीलाई समर्थन
१ नम्बर वडा अध्यक्षमा दिनेश्वर चौधरी दोस्रे कार्यकालको लागि
२ नम्बर वडा अध्यक्षमा मिश्रीलाल चौधरी दोस्रे कार्यकालको लागि
३ नम्बर वडा अध्यक्षमा टंक आचार्य
४ नम्बर वडा अध्यक्षमा तिर्थ अधिकारी
५ नम्बर वडा अध्यक्षमा ज्ञान बहादुर राई
६ नम्बर वडा अध्यक्षमा गोपी राई
७ नम्बर वडा अध्यक्षमा दिपा राई
८ नम्बर वडा अध्यक्षमा माओवादीलाई समर्थन
९ नम्बर वडा अध्यक्षमा पदम खड्का

माओवादी केन्द्रका उमेदवार

मेरयरमा कांग्रेसलाई समर्थन
उपमेयरमा मनोज तामाङ
१ नम्बर वडा अध्यक्षमा कांग्रेसलाई समर्थन
२ नम्बर वडा अध्यक्षमा कांग्रेसलाई समर्थन
३ नम्बर वडा अध्यक्षमा रन बहादुर खड्का
४ नम्बर वडा अध्यक्षमा विदुर दाहाल
५ नम्बर वडा अध्यक्षमा सुजित तामाङ
६ नम्बर वडा अध्यक्षमा भोजराज राई (आकाश)
७ नम्बर वडा अध्यक्षमा निशेष राई (निरु)
८ नम्बर वडा अध्यक्षमा जय कुमार राई दोस्रे कार्यकालको लागि
९ नम्बर वडा अध्यक्षमा हरी श्रेष्ठ (अशोक)