GBIME

महिला उम्मेदवार कमः गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

1.43K
shares

काठमाडौँ, १३ वैशाख स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ ।

खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत महिला नगर उपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षका रुपमा निर्वाचित भएकामा आगामी निर्वाचनमा त्यो घट्ने सङ्केत देखिएको हो । गठबन्धनका कारण अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार फरक फरक दलका छन् । जसका कारण अधिकांश स्थानीय तहमा दुवै पदमा पुरुष नै रहेको पाइन्छ । एउटै दलले प्रमुख र उपप्रमुख पदमा फरक लिङ्गको हुनुपर्ने व्यवस्था भए पनि फरक दलको हुँदा त्यो बाध्यकारी छैन । संविधानले अनिवार्य गरेका वडा सदस्य पदबाहेक महिलालाई कम मात्रै अवसर पाएको देखिएको छ । वडाध्यक्षमा राष्ट्रिय दलहरुले थोरै सङ्ख्यामा मात्रै महिलालाई अवसर दिएको पाइएको छ ।

यस पटक सबै दलमा उम्मेदवार बन्न आकाङ्क्षी महिलाको सङ्ख्या भने ह्वात्तै बढेको छ । वडाध्यक्षदेखि नगर वा गाउँपालिकाका प्रमुख र उपप्रमुखमा धेरै महिला सिफारिस भएका थिए । गत निर्वाचनमा उपप्रमखमा निर्वाचितमध्ये अधिकांशले प्रमुखका रुपमा दाबी राखेका थिए । तीमध्ये थोरैले मात्रै चाहेअनुसारको अवसर पाए । कतिपले पुनः उपप्रमख दोहो¥याउन बाध्य भएइन भने कतिपय उम्मेदवार नै बनेनन् ।

Dhulikhel Eco Resort 1200*100