बेलका । बेलका नगरपालिकामा जम्मा दुई सय १८ उम्मेदवार स्थानीय निर्वाचनमा भाग लिदै छन् ।
जसमा मेयर पदको लागि १० जाना छन् । ८ जना राजनीतिक दलका प्रतिनिधि छन् भने दुई जना स्वत्रन्त्र उम्मेदवार रहेका छन् ।
त्यस्तै, उपमेयर पदको लागि जम्मा ७ जनाले नमिनेसन दर्ता गराएका छन् । त्यसमा ६ राजनीतिक दलका प्रतिनिधि रहेका छन् भने एक स्वतन्त्र उम्मेदवारी परेको छ ।
बेलकाको ९ वटा वडा अध्यक्षमा जम्मा ४८ वटा उम्मेदवारी परेको छ । जसबाट जम्मा ९ वडा अध्यक्ष मात्र आवश्यक हो ।
त्यस्तै, एक वडामा दुई सदस्य गरेर जम्मा १८ जना वडा सदस्यको लागि ७८ जनाको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा जम्मा ३९ जनाको उम्मेदवारी परेको छ । जसबाट ९ जना महिला वडा सदस्यमात्र निर्वाचित हने छन् ।
त्यस्तै, ९ वटा वडाको दलित महिला सदस्यको लागि जम्मा ३६ उम्मेदवारी परेको छ । जसबाट पनि जम्मा ९ सदस्यमात्र निर्वाचित हुने छन् ।
कुन वडामा कति उम्मेदवार ?
वडा नम्बर १ मा ४ जना अध्यक्षमा सिहत जम्मा १६ जना
२ मा ५ जना अध्यक्षमा सिहत जम्मा २० जना
३ मा ५ जना अध्यक्षमा सिहत जम्मा २५ जना
४ मा ७ जना अध्यक्षमा सिहत जम्मा २७ जना
५ मा ६ जना अध्यक्षमा सिहत जम्मा २५ जना
६ मा ५ जना अध्यक्षमा सिहत जम्मा २२ जना
७ मा ४ जना अध्यक्षमा सिहत जम्मा १९ जना
८ मा ४ जना अध्यक्षमा सिहत जम्मा १६
९ मा ८ जना अध्यक्षमा सिहत जम्मा ३१ जना