माओवादीमा नातावाद हावी भएकाले स्वतन्त्र उम्मेदवार दिएको हुँः वडा अध्यक्ष उम्मेदवार धमला

9.63K
shares

बेलका । बेलका नगरपालिका वडा नम्बर ९ मा स्वतन्त्र वडा अध्यक्षमा नेकपा माओवादीका नेता सागर धमलाले उम्मेदवारी दिएका छन् ।

उनले माओवादीमा नाताबाद, कृपावाद हावी भएकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएका बताएका छन् । उनले भनेका छन्, माओवादीमा पुरै नातावाद, कृपाबाद भयो, मेरो त कोहिपनि नाताका मान्छे माथिल्लो कमिटिमा छैनन्, त्यो भएर मलाई पाखा लगाईयो त्यो भएर मेरो स्वतन्त्र उम्मेदवारी हो । धमलाले भने ।

उनले चुनाव जिते युवाहरुको हितको लागि काम गर्ने बताएका छन् । उनी भन्छन्, मैले चुनाव जिते युवाहरुको लागि काम गर्ने छु, भष्टचार हुन दिने छैन ।

उनी अहिले भोट माग्नमा व्यस्त देखिएका छन् । उनको उम्मेदवारीले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ । बेलकाका युवाहरुले उनलाई राम्रो साथ दिएको देखिन्छ ।

धमला नेकपा माओवादी केन्द्रबाटै चिनिएका नेता हुँन । उनको विद्यार्थीमाझ राम्रो पकड छ । पछिलो समय युवाहरुमाझमा समेत उनले राम्रै चर्चा पाई रहेका छन् ।

बेलका ९ का माओवादीका नेता धमलाले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रबाट चुनावि मैदानमा रहेका ९ नम्बरका वडा अध्यक्ष हरी श्रेष्ठ (अशोक)ले निश्चित रुपमा हार्ने चर्चा समेत चल्न थालेको छ ।