GBIME

कांग्रेसका १५ जनाले दिए सामुहिक राजिनामा

9.67K
shares

बेलका । बेलका नगरपालिकाका नेपाली कांग्रेसका १५ जना नेताले सामुहिक राजिनामा दिएका छन् ।

राजिनामा दिनेमा नगर सचिव माया देवी वली, उदयपुर सस्थाप सदस्य, नेपाली काङ्ग्रेस पुर्ब पाटी सभापति, नेपाली कांग्रेस बेलका नगर सचिव, ८ जना क्षेत्रीय प्रतिनिधि र १ प्रदेस प्रतिनिधि सहित जम्मा १५ जनाले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुले पार्टीमा अपमान र उपयुक्त निर्णय नभएका कारण परित्याग गरेको बताएका छन् ।

 

पार्टी परित्याग किन गर्नु भएको भन्ने प्रश्नमा माया वली भन्छिन्, सवै ठाउँमा नेत्रित्व धेरै हावी भएकाले गर्दा हामीले पार्टी परित्याग गरेका हौँ, म पार्टीको सचिव जस्तो पदमा भएको व्यक्तिलाई समेत साना निर्णयहरुमा एक पटक पनि नसोधने एक्लौटि निर्णय गर्ने जस्तो क्रियाकलाप भएकाले गर्दा पार्टी परित्याग गरेको हो । उनले भनिन् ।

 

राजिनामा पत्र बेलका पार्टी उपसभापती गोपाल माझीलाई दिएका छन् ।