GBIME

वराहक्षेत्रमा एमालेबाट मेयरमा खनाल दोहोरीदा, कांग्रेसबाट कार्कीले जित्ने सम्भावना

7.66K
shares

वराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नगरसभापति रमेश कार्की मेयरका उम्मेदवार छन् ।

त्यस्तै नेकपा एमालेबाट पुनः मेयर पदको लागि निलम खनाल चुनावी मैदानमा रहेका छन् ।

तर खनाललाई पार्टी भित्रैबाट मेयरमा नदोहोराउँन माग भैरहेको बेला पुनः उनैले टिकट पाउँनु एमालेको हार हो भन्ने चर्चा चुलिन थालेको छ । एमलेकै नेताहरुले बागी उम्मेदवार समेत दिएका छन् ।

५ बर्ष नगर सरकार चलाउँदा विभिन्न योजना आयोजनाहरू देखि बेरूजु सम्मका प्रशंगले गर्दा समेत खनाललाई यो पटक चुनाव जित्न गारो परेको विश्लेषण हुन थालेको छ ।

तत्कालीन नेकपा हुदाँ देखिकै मेयरमा खनालाको नगर अस्पताल काण्ड देखि वडा अध्यक्षले हिनामिना गरेको विमाको पैसामा मेयरको संलग्नता भएको आरोप लागेकाले समेत आम जनमासमा उनको छवी खस्कीन्दै गएको आफ्नै नेता कार्यकर्ताहरु बताउँदै आएका छन् ।

खनाललाई आफ्नै पार्टीमा समेत विरोध भैरहको र कार्कीलाई भने अन्य पार्टीको समेत समर्थन भएकाले गर्दा आउदो स्थानीय तहको चुनाव कार्कीले नै चित्ने बराहक्षेत्रका जनताहरु बताउछन् ।

सानो केही काम परे रमेश दाइ भनेर भन्न त्यहीँ पुग्नुपर्छ, जे होस् आफ्नो अर्काको भन्ने भएन एक मत त रमेश दाइलाई नै हो । वराहक्षेत्रका एक युवाले भनें ।

हामीले जिते त के के नै गर्छौँ भन्थे एमालेले त्यो पनि देखिगैयो यसपालि सार्है राम्रो मान्छे उठेको छ पार्टीको कुरा भएन म त रमेशलाई भोट दिने हो।अर्का मतदाताले भने ।

यसरी रमेशलाई चैं भोट हाल्ने भन्ने मतदाताको संख्या वराहक्षेत्रका प्राय सबै वडामा उल्लेखनीय रूपमा नै देखिन्छ ।

यसर्थ नेपाली कांग्रेस वा गठबन्धनको भन्दा पनि व्यक्तिगत हिसाबमा रमेश कार्कीको प्रभाव हुनुले उनी आफैमा ह्याभी वेट उम्मेदवार हुन् भन्ने प्रमाणित हुन्छ ।

वराहक्षेत्रमा गठबन्धन सहितको नेपाली कांग्रेस, नेकपा एमाले तथा राप्रपा सहितका साना दल तथा केही स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिने छन् । यी मध्ये गठबन्धनका कार्की र एमालेका खनालबिच मुख्य प्रतिस्पर्धा हुने आकंलन गरिएको छ ।

Dhulikhel Eco Resort 1200*100