Dhulikhel Eco Banner new
NCHL Banner 2081

बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी

5.15K
shares

गलकोट, १३ वैशाख  बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार नगरपालिका, ६ गाउँपालिका र ८५ वडाका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

चार नगरपालिकामा प्रमुखका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ गाउँपालिकामा अध्यक्षमा २५ तथा उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ८५ वडामा वडाध्यक्षमा २६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि १७५, दलित महिला सदस्यका लागि १६९ र सदस्यमा ४०९ जनाले उम्मेदवारी दर्ता गराएको न्यौपानेले जानकारी दिए ।