Dhulikhel Eco Banner new

शेयर बजारमा १९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.26K
shares

काठमाडौं, ११ माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५७.५५ अंकले बढेर २७७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब ७८ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा १०.५० प्रतिशत एभरेस्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एक्सेल विकास बैंक लिमिटेडका लगानीकर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका छन् भने कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ११प्रतिशत महालक्ष्मी ऋणपत्रका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.७५प्रतिशतका दरले गुमाएका छन् ।