Dhulikhel Eco Banner new

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

1.68K
shares

काठमाडौं, २६ जेठ । मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.५४ अंकले घटेर २७३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४४ करोड  कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ं.१६ प्रतिशतका दरले गुमाएका छन् ।