Dhulikhel Eco Banner new

शेयर बजारमा १५१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

936
shares

काठमाडौं, २६ जेठ । मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.५४ अंकले घटेर २७३३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४४ करोड कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ं.१६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७.३७ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन बैंक लिमिटेड बन्ड, २०८६का लगानीकर्ताले ७.२८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि एनएमबी डिबेन्चर ८.५० प्रतिशतका लगानीकर्ताले ६.४६ प्रतिशतका दरले गुमाएका छन् भने ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७का लगानीकर्ताले ५.८३ प्रतिशतका दरले गुमाएका छन् ।