Nepal Life Banner

शेयर भनेको के हो ?

29.2K
shares

काठमाडौं, २१ कात्तिक । कुनै कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई शेयर भनिन्छ । शेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई बिक्री गरिन्छ । यसरी कम्पनीको लागि पुँजी जम्मा गर्नका लागि शेयर बिक्री गरिन्छ ।

शेयरमा लगानी गरेबापत शेयरधनीहरुले प्रत्यक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश नै शेयर हो ।

संस्थापक वा अग्रधीकार शेयर

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो ।

जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो ।

यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अग्राधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

साधारण शेयर

संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ ।

सामान्यतया सर्बसाधारणलाई १० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो । शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ ।

त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको शेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?

वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?

वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?

वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?

वित्तीय साक्षरता ३७ : के हो वासलत ?

वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?